• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

चीनले नेपाललाई भन्यो-टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो

  •  प्रेस बोली
  • २०८३ असार २, मंगलवार ८:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले ‘टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो’ हुने बताएका छन् ।

    सोमबार चीनको राजधानी बेइजिङमा भएको भेटवार्तामा वाङले नेपाल र चीन वर्षौंदेखि असल छिमेकी रहेको स्मरण गर्दै नेपालको लागि विकास, समृद्धि र आधुनिकीकरणको यात्रामा भरपर्दो छिमेकी तथा साझेदार रहने बताएका हुन् ।

    नेपाल र चिनियाँ समकक्षीबीच भएको भेटबारे चिनियाँ विदेश मन्त्रालयले लेखेको छ, ‘वाङ यीले “टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो” भन्ने उक्ति उद्धृत गर्दै चीन नेपालका लागि विकास, समृद्धि र आधुनिकीकरणको यात्रामा सधैँ भरपर्दो छिमेकी र साझेदार रहने बताएका थिए ।’

    इतिहास र यथार्थले चीन–नेपाल मित्रता नेपाल राष्ट्र, नेपाली जनता तथा राष्ट्रिय हितका लागि लाभदायक रहेको प्रमाणित गरेको भन्दै वाङले चीनले नेपालसँगको सम्बन्धलाई आफ्नो छिमेकी कूटनीतिको महत्त्वपूर्ण स्थानमा राखेको जानकारी गराएका थिए । नेपाली जनताप्रतिको मैत्रीपूर्ण नीति निरन्तर रहने पनि उनले बताए ।

    वाङले चीन र नेपाल पहाड–नदीले जोडिएका तथा साझा भविष्य भएका छिमेकी राष्ट्र रहेको भन्दै कूटनीतिक सम्बन्ध स्थापना भएयता अन्तर्राष्ट्रिय परिस्थिति वा नेपालको आन्तरिक राजनीतिक अवस्थामा जस्तोसुकै परिवर्तन आए पनि दुवै देशले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई अवलम्बन गर्दै द्विपक्षीय सम्बन्धलाई निरन्तर अगाडि बढाएको बताए ।

    चीनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न सधैँ समर्थन गर्ने, नयाँ सरकारलाई जनसमर्थनका साथ सफलतापूर्वक शासन सञ्चालन गर्न सहयोग गर्ने तथा नेपालको राष्ट्रिय परिस्थितिअनुकूल विकास मार्गको खोजीलाई समर्थन गर्ने उनले बताए ।

    ‘एक चीन नीति’ प्रति दृढ प्रतिबद्धता जनाउँदै ताइवान तथा तिब्बतसँग सम्बन्धित चीनका मूल हितका विषयमा निरन्तर समर्थन गरेको भन्दै विदेशमन्त्री वाङले नेपालको प्रशंसा पनि गरेका छन् ।

    उनले उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ अन्तर्गत विद्युत् प्रसारण सञ्जाल, सडक, नाका तथा हवाई यातायातलगायत क्षेत्रमा सहकार्य विस्तार गरी नेपाललाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

    साथै उनले चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने र नेपालले थप निष्पक्ष, पारदर्शी तथा अनुकूल व्यावसायिक वातावरण उपलब्ध गराउने अपेक्षा गरेको उनले बताए ।

    Post Views: 237
    प्रकाशित मिति: २०८३ असार २, मंगलवार ८:२२
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.