रसुवा। रसुवामा आएको बाढीमा परी नारायणी नदीमा बगेर आएका पहिचान हुन नसकेका ५५ वटा शव देवचुलीस्थित दिव्य मध्यवर्ती सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र देवचुली नगरपालिकाको समन्वयमा शवहरू सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो। प्रत्येक शवमा पहिचान ट्याग लगाएर राखिएको छ, जसबाट पछि डीएनए परीक्षणमार्फत पहिचान खुलेमा सम्बन्धित आफन्तलाई शव बुझाउन सकिने व्यवस्था गरिएको छ।

शव व्यवस्थापन गरिएको स्थानलाई सुरक्षित राख्न तारबार लगाउने तयारीसमेत भइरहेको छ। सम्बन्धित निकायले शवको विवरण तथा पहिचानसम्बन्धी आवश्यक अभिलेख सुरक्षित राखेको जनाएको छ।

स्रोत : नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल






