• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

हुम्लाको सिमिकोटमा ‘रेकर्ड ब्रेक’ वर्षा

"हुम्ला सदरमुकाम सिमिकोटमा गएको २४ घण्टा अवधिमा भएको वर्षाले ४८ वर्ष अवधिको पुरानो उच्च रेकर्ड तोडेको हो । "
  •  प्रेस बोली
  • २०८३ आश्विन १०, शनिबार २०:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    १० असोज, काठमाडौं । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमिकोटमा ‘रेकर्ड ब्रेक’ वर्षा भएको छ । सिमिकोटमा गएको २४ घण्टा अवधिमा भएको वर्षाले ४८ वर्ष पुरानो उच्च रेकर्ड तोडेको हो ।मौसम तथा जलवायु विज्ञान कार्यालय, सुर्खेतकी प्रमुख डा. इन्दिरा कडेलका अनुसार हिजो २०८३ असोज ९ गते बिहान ८:४५ बजेदेखि आज बिहान ८:४५ बजेसम्मको अवधिमा सिमिकोटमा ११४.८ मिलिमिटर वर्षा मापन भएको छ ।

    यो सन् १९७८ जुन १ देखि सन् २०२६ सेप्टेम्बर २६ सम्मको २४ घण्टा अवधिको सबैभन्दा उच्च वर्षा रेकर्ड हो । यसअघि १९ अक्टुबर २०२१ मा सिमिकोटमा २४ घण्टामा ११० मिलिमिटर वर्षा भएको थियो र त्यसैलाई उच्च रेकर्ड मानिएको थियो ।तर यस वर्ष सन् २०२६ को सेप्टेम्बरमा २५ बिहान ८:४५ बजेदेखि सेप्टेम्बर २६ बिहान ८:४५ बजे (२०८३ साल असोज ९ गते बिहान ८:४५ बजेदेखि असोज १० गते बिहान ८:४५ बजे)को अवधिमा ११४.८ मिलिमिटर वर्षा भएर पुरानो रेकर्ड तोडिएको हो ।

    मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतकी प्रमुख डा. कडेलले अनलाइनखबरसँग भनिन्, ‘यसपाली सिमिकोटमा २४ घण्टा अवधिको वर्षाले पुरानो सबै रेकर्ड तोडिएको छ ।’कार्यालयको अभिलेख अनुसार समुद्री सतहबाट २ हजार ९९३ मिटर उचाइमा रहेको सिमिकोटमा २४ घण्टा अवधिमा ९० मिलिमिटरभन्दा धेरै वर्षा यसअघि सन् २०००, २०१५ र २०२१ मा पनि भएका थिए ।

    सिमिकोटमा सन् २०१५ जनवरी ३ मा ९८ मिलिमिटर, सन् २००० जुन ९ मा ९२.८ मिलिमिटर, सन् २००० जुन ८ मा ९०.४ मिलिमिटर र सन् २०१७ मे ३ मा ८४ मिलिमिटर वर्षा भएको थियो ।४८ वर्षको दीर्घकालीन अवधिमा एक सय मिलिमिटर भन्दा धेरै वर्षा दुई दिन, ७५ मिलिमिटर भन्दा धेरै वर्षा ७ दिन र ५० मिलिमिटरभन्दा धेरै वर्षा १३ दिन भएको रेकर्ड छ ।

    बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले तीन दिनदेखि उच्च हिमाली भेगमा हिमपात तथा पहाडी र तराई भेगमा वर्षा भइरहेको छ ।

    Post Views: 82
    प्रकाशित मिति: २०८३ आश्विन १०, शनिबार २०:३९
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.