काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि देशैभरको मौसममा क्रमिक रूपमा सुधार आउने जनाएको छ।
गत बुधबार, बिहीबार र शुक्रबार देशका अधिकांश ठाउँमा हल्कादेखि ठूलो पानी परेको थियो । शनिबार बिहानसम्म पनि काठमाडाैं उपत्यकासहित केही ठाउँमा पानी परेकोमा दिउँसोपछि रोकिएको हो ।

पछिल्लो १२ घण्टामा केही ठाउँमा हल्का वर्षा बाहेक पानी परेको छैन । महाशाखाले शनिबार राति बझाङका केही ठाउँमा हल्का पानी परेको थियो ।
आइतबार हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मौसम सफा रहने अनुमान गरिएकाे छ । कोशी, बागमती, कर्णाली,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही ठाउँमा मात्रै मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको हाे।






