काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग-२ श्रृंखलामा नेपालले आइतबार क्यानाडाकाे सामना गर्दैछ।
साेही खेल ओमानको अलअमिरातमा आइतबार बिहान पौने १२ बजेदेखि शुरु हुने भएकाे हाे। नेपालले शृंखलामा क्यानाडा र ओमानसँग गरी समान दुई-दुई खेल खेल्ने भएकाे छ । यसमध्ये तीन खेलमा विजय जित निकाल्न सकेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ । चार मध्ये कम्तीमा तीन खेल जिते नेपाल शीर्ष ६ भित्र पर्दै एकदिवसीय मान्यता सुरक्षित हुन सक्छ ।

यसअघि भएको लिग–२ अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई पराजित गरेसँगै नेपाल शीर्ष–४ मा पर्ने सम्भावना सकिएको थियो । योसँगै नेपालले अब प्लेअफ खेल्ने भएकाे छ। नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । लिग-२ अंकतालिकामा ओमानको २९ खेलबाट ३३ अंक भएको छ ।
नेपालको ३२ खेलबाट २४ अंक मात्रै छ। नेपालले अब बाँकी सबै खेल जित्दा ३२ अंक पुग्न सक्छ । अमेरिका ३४ खेलबाट ४७ अंकसहित लिग–२ को च्याम्पियन भैसकेको छ । स्कटल्यान्डको ३६ खेलबाट ४५ अंक छ। नेदरल्यान्ड्सको भने ३२ खेलबाट ३८ अंक रहेकाे हाे।






