काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ।
निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले सहमहामन्त्रीहरूको अन्तिम मतपरिणाम भने सोमबार अपराह्नसम्म सार्वजनिक गरिने बताउनुभएकाे हाे। सहमहामन्त्रीको खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी अगाडि छन् ।महिलातर्फ प्रतिमा गौतम अगाडि रहनुभएकाे हाे।

अन्यको पनि मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ। संयोजक खड्काले जनसम्पर्कबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मतगणना साेमबार बिहानदेखि थालिएकाे बताउनुभयाे।






