काठमाडाैं । मुगुमा सोमबार पहिरोमा पुरिएर गम्भीर घाइते भएका जेसीभी चालकको उपचारका क्रममा मृत्यु भएको छ।
सोमबार बिहान पहिरो खसेपछि जेसीबीको सहायताले पहिरो पन्छाउने कार्य शुरु गरिएको थियो। पहिरोभित्र च्यापिएका चालकलाई जेसीबीको मद्दतले उद्धार गरी साेमबार बिहान साढे १० बजे बा.प्र. ०१००४ क ६४८३ नम्बरको ट्रकमा राखेर प्राथमिक स्वास्थ्य केन्द्र रातापानी लैजाने क्रममा उनको अवस्था निकै चिन्ताजनक रहेको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा साेमबारै मध्याह्न १२ः१० बजे पुर्याउनासाथ कार्यरत चिकित्सकले चालक बिमल बागलाई मृत घोषणा गरेकाे जिल्ला प्रहरी कायालय मुगुका डिएसपी रविराज थपलियाले जानकारी दिनुभएकाे छ। त्यस्तै, घटनामा घाइते भएका सहचालकलाई उपचारका लागि खत्याड गाउँपालिका ५ माझचौरस्थित चन्दनाथ पोलिक्लीनिक पठाइएको थियो ।
हाल उनको अवस्था सामान्य रहेको र पोलिक्लीनिकमा उपचार भइरहेको छ । सडकमा पहिरो पन्छाउने काममा प्रयोग गरिएको जेसीबी भने घटनास्थलमै रहेको प्रहरीले जनाएकाे हाे। घटनाको थप विवरण आउन बाँकी रहेकाे प्रहरीले बताएकाे छ।






