काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेकाे छ ।
कांग्रेसको निर्वाचन समितिले जारी मतगणनामा सहमहामन्त्री खुलातर्फ ५ हजार ८९ मतगणना भएको जानकारी दिएको हाे। सहमहामन्त्री खुलातर्फ दुई पदका लागि भएको निर्वाचनमा रामहरि खतिवडाले २ हजार १७८ र अजय सिवाकोटीले एक हजार ५५६ मतसहित अग्रता लिइरहेका छन् ।

डिल्लिराम सुवेदीले १ हजार ३ सय ३०, देवेन्द्रराज कँडेलले १ हजार १२, राजीव ढुंगानाले ९ सय १, विकास कोइरालाले ८ सय १५, अमृतकुमार अर्यालले ६ सय ६६, रमेशप्रसाद धमलाले ५ सय ८० र विमलराज क्षेत्रीले १ सय९६ मत प्राप्त गरेका हुन्।






