काठमाडाैं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ मा रहेको गलौंदी सडकखण्डमा दुईतर्फी रूपमै सवारी साधन सञ्चालनमा आएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले मंगलबार बिहान साढे ६ बजेदेखि गलौंदी सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आएको जनाएको हाे। त्रिशूली नदीको कटानका कारण भासिएको सडकमा थप मर्मत गर्नुपर्ने भएकाले गएराति गाडीको आवतजावत रोकेर काम गरिएको थियो ।

सडक मर्मतका लागि साेमबार राति ११ बजेदेखि बन्द गरी काम गरिएको र सडकमा थुप्रिएको माटो मंगलबार बिहानसम्म हटाएपछि गलौंदी खण्डको सडक पूर्णरुपमा खुलेको हो । अहिले दशैंको समय भएकाले पृथ्वी राजमार्गमा गाडीको अत्याधिक चाप रहेकाे छ ।
गलौंदीमा सडक भासिएपछि गएको शुक्रबार रातिदेखि बन्द भएकोमा भित्ता काटेर नयाँ ट्याक खोल्ने काम गरिएको हो।त्रिशूली नदीको कटानका कारण सडक भासिएको थियो ।






