• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

चौथो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजकाे भारतमाथि शानदार जित, वेस्ट इन्डिज भने २४ रनले पराजित

  •  प्रेस बोली
  • २०८३ आश्विन २९, बिहीबार ७:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडाैं । चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजले भारतलाई २४ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ।

    हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बुधबार राति भएकाे खेलमा वेस्ट इन्डिजले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको भारत १९ ओभर ३ बलमा २ सय २३ रनमा समेटिएकाे हाे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ४७ रन बनाएको थियो ।

    वेस्ट इन्डिजका कप्तान शाई होपले आक्रामक ब्याटिङ गर्दै ५० बलमा अविजित १०२ रन बनाएका थिए । उनले नौ छक्का र चार चौका प्रहार गरेका छन् । शेरफेन रदरफोर्डले पनि २६ बलमा अविजित ४९ रन जोडेका हुन् ।

    त्यस्तै, शिमरोन हेटमायरले १२ बलमा ३३ तथा रोभमन पावेलले १७ बलमा २४ रन बनाए । भारतका प्रिन्स यादवले एक विकेट लिएका थिए । २४८ रनको लक्ष्य पछ्याएको भारतका सञ्जु सामसनले २३ बलमा चार छक्का र छ चौकासहित ५६ रन बनाएका छन् । भारतका तिलक वर्माले २५ बलमा ४३ तथा नितिश कुमार रेड्डीले २० बलमा ४१ रन बनाएका थिए ।

    वेस्ट इन्डिजका केमो पलले पाँच तथा गुडाकेश मोतीले दुई विकेट लिएका हुन् । शतक बनाएका शाई होप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजका लागि तीन शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै, केमो पलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो दोस्रो पाँच विकेटको उपलब्धि हासिल गरेका हुन् । वेस्ट इन्डिजले भारतसँगको चौथो खेल जित्दै शृङ्खला बराबरीमा पुर्‍याएको छ ।

    अब दुवै टोलीबीचको पाँचौं तथा निर्णायक खेलले शृङ्खलाको विजेता टुङ्गो लाग्ने भएकाे हाे । पाँचौ खेल शनिबार बैङ्गलुरुको एम.चिन्नास्वामी स्टेडियममा हुने भएकाे छ ।

    Post Views: 12
    • वेस्ट इन्डिजकाे शानदार जित
    प्रकाशित मिति: २०८३ आश्विन २९, बिहीबार ७:११
    Advertisement
    संबन्धित शिर्षकहरु
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    एनपीएल : आज जनकपुर र सुदूरपश्चिम खेल्दै
    एनपीएल-३ मा काठमाडौं गोर्खाजकाे लुम्बिनीमाथि शानदार जित, लुम्बिनीकाे पहिलाे हार
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.