काठमाडाैं। शेयर बजार लगातार ६ कारोबार दिन बिहीबार पनि बढेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ४ दशमलव ६७ अङ्कले बढेर २ हजार ६२५ दशमलव ९३ विन्दुमा पुगेको हाे । बैंक, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक बढेको छ । १७२ वटा कम्पनीको शेयर बढेकोमा ९० वटाको घटेको हाे। १५ वटा कम्पनीको शेयर भने घटबढ नभएको नेप्सेलेएकाे हाे।

बेनी हाइड्रोपावर प्रोजेक्टको शेयर १५ प्रतिशतले बढेको छ। बजार सामान्य उकालो लागेको दिन सिद्धार्थ बैंकको डिबेन्चर (२०८९) ३ प्रतिशतले घटेको हाे । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।
बुधबार ४ अर्ब १३ करोडको कारोबार भएकोमा बिहीबार ३ सय ४९ वटा कम्पनीको १ करोड ३६ लाख कित्ता शेयर ४ अर्ब ७१ करोड रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएकाे हाे।






