काठमाडाैं । कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतको देहरादुन लैजाँदै गरिएका २५ जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल फर्काएको जनाएकाे हाे। हुम्लाको सिमकोटका बालबालिकालाई वनबासामा रहेको एसएसबीको चेकपोस्टले नेपाल फर्काएको प्रहरीले बताएकाे छ ।

ती बालबालिका अहिले इलाका प्रहरी कार्यालय गड्डाचौकीमा छन् । कञ्चनपुर प्रहरीले हुम्लाको सिमकोट गाउँपालिका–८ का बालबालिकालाई पञ्चवीर बुढाले भारत लैजाँदै गरेको खुलेको जनाएकाे हाे। यसकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ।






