• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

भत्ता कटौतीको विरोधमा जिल्ला अस्पताल बाजुराका करार कर्मचारी

  •  प्रेस बोली
  • २०८३ आश्विन ३०, शुक्रबार १७:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाजुरा— सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा दशैं–तिहारमा दिइने सुविधा कटौती गरिएको भन्दै जिल्ला अस्पताल बाजुराका करारका कर्मचारीले असन्तुष्टि जनाएका छन्। आफ्ना माग सम्बोधन नभए कात्तिक ७ गतेदेखि अस्पतालका सेवा ठप्प पार्दै आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन्। करारका कर्मचारीहरूले शुक्रबार प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालमार्फत प्रदेशका सामाजिक विकासमन्त्री सन्तोषी शर्मा र मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाउँदै चाडपर्व सुविधा उपलब्ध गराउन माग गरेका हुन्।

    जिल्ला अस्पताल बाजुराका करारका कर्मचारीहरुका अनुसार संघीय सरकारले ल्याएको नीतिअनुसार प्रदेश सरकारले करारका कर्मचारीलाई दिइने दशैं–तिहार भत्तासमेत कटौती गरेको छ। स्थायी कर्मचारी र करारका कर्मचारीबीच चाडपर्व सुविधामा असमान व्यवहार गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।  करारका कर्मचारीलाई समेत चाडपर्व सुविधा उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाइएको उनिहरुकाे भनाइृ रहेकाे छ।

    त्यस्तै, करारका कर्मचारी लेकराज पाण्डेले प्रदेश सरकारले ऐन तथा नियमावलीको मर्मविपरीत व्यवहार गरेको आरोप लगाए। उनका अनुसार कर्मचारीमाथि गरिएको विभेदले स्वास्थ्यकर्मीको मनोबल कमजोर बनाउनुका साथै सेवा प्रवाहमा समेत असर पर्न सक्नेछ। ज्ञापनपत्रमा नेपालको श्रम ऐन, २०७४, श्रम नियमावली, २०७५ तथा सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य ऐन, २०७६ को दफा ८२ लगायतका कानुनी व्यवस्थामा चाडपर्व सुविधा पाउने हक उल्लेख रहेको दाबी गरिएको छ। तर, करारका कर्मचारीले विगतका वर्षदेखि नै उक्त सुविधा नपाएको उनीहरूको भनाइ छ।

    करारका कर्मचारीले प्रदेश सरकारले तत्काल आफ्ना माग सम्बोधन गरी दशैं–तिहार सुविधा उपलब्ध गराउनुपर्ने माग गरेका छन्। माग पूरा नभए कात्तिक ७ गतेदेखि अस्पतालका सेवा बन्द गरी आन्दोलन गर्ने उनीहरूको चेतावनी छ। आन्दोलन कार्यान्वयन भए अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवामा असर पर्न सक्ने देखिएको छ।

    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले कर्मचारीबीच विभेद हुन नहुने धारणा राखेका छन्। उनले प्रदेशको सम्बन्धित मन्त्रालय तथा कोष तथा लेखा नियन्त्रक कार्यालयसँग आवश्यक जानकारी लिई समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। करारका कर्मचारीले चाडपर्व सुविधा नपाउँदा उनीहरूमा निराशा बढेको उल्लेख गर्दै रिजालले स्वास्थ्य सेवा प्रवाहमा थप समस्या आउन नदिन सम्बन्धित निकायसँग समन्वय गर्ने बताएका छन्।

    Post Views: 61
    प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार १७:०६
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.