काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ।
साेमबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी -हिमाली भू-भागमा आंशिक बादल लागेको हाे। साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

त्यस्तै, साेमबार दिउँसो भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी- हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे हाे। देशको हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
त्यस्तै, साेमबार राति भने देशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ। पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे हाे। तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने भएकाे छ। कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना समेत महाशाखाले जनाएकाे हाे।






