काठमाडौं । ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओडीआई शृङ्खलाको अन्तिम खेलमा साेमबार नेपालले घरेलु टोली ओमानकाे सामना गर्दैछ।
अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा साेमबार बिहान सवाँ ११ बजेदेखि हुने खेलमा शीर्ष ६ मा अटाउन नेपाललाई जित्नैपर्ने दबाब रहेकाे हाे। नेपालले यसअघि क्यानडा र ओमानलाई पराजित गरेकाे थियो। नेपाल गत शनिबार क्यानाडासँग पराजित भएपछि सातौं स्थानमा झरेको हाे।

लिग-२ को शीर्ष ६ मा पर्ने टोलीहरूको ओडीआई मान्यता जोगिने उच्च सम्भावना भएकाले शीर्ष ६ मा अटाउने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।






