काठमाडाैं । राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्त तत्काल खारेज गर्न माग गरेको छ ।
अभियानले राजधानीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी छोइङ डोल्मा तिब्बतीयन शरणार्थीलाई लुम्बिनीको जिम्मा दिनु राष्ट्रघाती कदम भएको समेत जनाएको हाे । अभियानका संयोजक सुनिल सिंहले सरकारले कोषको उपाध्यक्षमा नियुक्ति दिने विषयले देशभक्त नेपाली नागरिकहरुको अपमान भएको जिकिर गर्नुभयाे ।

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको महासभामा बुद्धको उपदेश दिएर हौसला बढाए पनि लुम्बिनीमा तिब्बतीयन शरणार्थीलाई मुख्य जिम्मा दिने विषयले उहाँको द्वैध चिरत्र उदाङ्गो भएको बताउनुभएकाे छ। अभियानले दशैंको मुखमा जनतालाई छलेर गरिएको नियुक्ति खारेज नगरे यहि कार्तिक ९ गतेबाट संघर्ष गर्ने घोषणा गरेकाे हाे ।
संयोजक सिंहले भन्नुभयाे,- छोइङ स्वयमले आफू तिब्बती शरणार्थी भएको स्वीकार गरेकोे, सोही अनुसार उहाँ नक्कली नागरिकताधारीलाई लुम्बिनीको जिम्मा लगाउने विषय बालेन सरकारको राष्ट्रघाती कदम भएको हाे । अभियानका प्रवक्ता विर्जन बिकले छोइङ डोल्माको नियुक्ति विदेशी योजनामा भएको र त्यसलाई देशभक्तहरुलाई स्वीकार्य नहुने बताउनुभएकाे छ। ‘बारबराको भूमिकामा डोल्मालाई सरकारले स्थापित गर्न खोजिरहेको आरोप समेत लगाउनुभयाे ।
उहाँले डोल्माको नियुक्तिलाई नेपाली भूमि चीनविरुद्धको गतिविधि गर्ने अखडा बनाउने पछिल्लो कडीका रुपमा रहेको दावी गर्नुभउकाे छ। जेनजी अभियन्ता सफलता बोगटीले विषय विज्ञ, स्वच्छ र लुम्बिनीको स्थानीयलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्त गर्नुपर्नेमा त्यसको ठिक उल्टो भएको आरोप लगाउनुभयाे ।
जेनजी रमेश रावतले डोल्माको नियुक्ति कुनियतका साथ भएको आरोप लगाउनुभएकाे छ। ‘तिब्बतबाट भागेका भगौडाहरुले देश कब्जा गर्ने योजनास्वरुप शरणार्थीलाई लुम्बिनीको चाबी बुझाएकाे उहाँकाे दावी थियाे । जेनजी सुशील बुढाथोकीले वर्तमान सरकारका एकपछि अर्को गर्दै जनविरोधी र राष्ट्रघाती निणर्यले नयाँ विद्रोहको जन्म गराउने खतरा रहेको बताएउनुभएकाे छ।
उहाँले प्रधानमन्त्री शाहलाई प्रयोग गर्दै सन्दुक रुइत र सुदन गुरुङको इसारामा तिब्बती षड्यन्त्र नेपालमा स्थापित गराइरहेको आरोप लगाउनुभयाे । जेनजी सुनील विकले छोइङ डोल्मा आफैंले ‘फूलको आँखामा’ भन्ने पुस्तकमा तिब्बती शरणार्थी स्वीकारेको भन्दै त्यस्ता नक्कली नागरिकताधारीलाई योत्रो महत्वपूर्ण जिम्मेवारी किन दिइयो भन्दै प्रश्न गर्नुभएकाे छ।
अभियन्ता दिनेश सुवेदीले आनीलाई मात्रै नभएर धेरैजस्तो उच्च ओहोदाका पदहरुलाई खरिद बिक्रीको साधन बनाएको आरोप लगाउँदै, सरकारले सुशासन, पारदर्शिता र जवाफदेहीताको धज्जी उडाएको बताउनुभयाे। साथै जेनजी अमृत बोहराले सरकारले राष्ट्रियता सर्वभौमसत्तामाथि चरणबद्ध रुपमा प्रहार गरिरहेको र समयमै सरकार सचिन आग्रह समेत गर्नुभएकाे छ ।







