काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभ साइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने गर्नुभएकाे छ।
शीतल निवासस्थिति राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको शुभसाइत बुधबार बिहान १०ः२६ बजे गुरू पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुभएकाे हाे। विगतका वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम थियाे ।

तर गत वर्षदेखि मुलुकले विषम परिस्थितिको सामना गर्नु परेको र शान्तिपूर्ण तथा हर्षोउल्लासको वातावरण नभएको हुँदा उक्त कार्यक्रम नगरिएको राष्ट्रपति कार्यालयले जनाएकाे छ।






