• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

एनपीएललाई सफल बनाउन सबैको सकारात्मक सहयोग आवश्यक: अध्यक्ष चन्द

  •  प्रेस बोली
  • २०८३ कार्तिक ९, सोमबार ७:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपीएल) लाई सफल बनाउन सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहेको बताएका छन् ।

    काठमाडाैंमा आइतबार एनपीएलको तेस्रो संस्करण शुरु हुनुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले यस्ताे बताउनुभएकाे हाे।प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन सञ्चारमाध्यमसहित सबै सरोकारवालाको सक्रिय तथा सकारात्मक भूमिका अपेक्षा गरेको बताएका छन् ।

    उनले भनेका छन्,- ‘एनपीएललाई सफल पार्न सबैको सकारात्मक भूमिका र सक्रिय सहयोगको अपेक्षा गरेको छु । प्रतियोगितालाई सफल बनाउन सञ्चारमाध्यमलगायत सबै सरोकारवालाको सहयोग आवश्यक छ ।’

    अध्यक्ष चन्दले एनपीएल सञ्चालनका लागि गठित कमिटी अधिकारसम्पन्न रहेको उल्लेख गर्दै उक्त कमिटीले गरेका निर्णय क्यानको बोर्डमा पेश भएपछि छलफल हुने बताएका हुन् । एनपीएल सम्बन्धी सबै गतिविधिको जानकारी तत्काल बोर्डका सबै सदस्यलाई नहुने स्पष्ट पार्दै उनले आवश्यक निर्णय प्रक्रिया अनुसार बोर्ड तथा साधारणसभाबाट अनुमोदन गरिने जानकारी दिएका छन्।

    एनपीएलको लेखापरीक्षण बारेमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष चन्दले कानूनी व्यवस्थाका कारण लिगको लेखापरीक्षण क्यानकै माध्यमबाट गर्नुपर्ने अवस्था आएको बताएका हुन् । लेखापरीक्षण प्रतिवेदनमा कार्यकारी अध्यक्ष, सचिव र कोषाध्यक्षको हस्ताक्षर आवश्यक पर्ने उल्लेख गरेका छन्। उनले प्रतिवेदन बोर्डबाट पारित गराएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा पठाउनुपर्ने प्रक्रिया रहेको जानकारी दिएका छन् ।

    अध्यक्ष चन्दले पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा उल्लेख्य सुधार भएको दावी गर्दै आगामी संस्करणमा पनि प्रतियोगितालाई थप व्यवस्थित बनाउँदै लैजाने बताएका हुन् । निर्णय प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन एनपीएल कमिटीलाई आवश्यक अधिकार दिएको उनको भनाइ छ।

    त्यसैगरी, क्यानका सचिव पारस खड्काले एनपीएलको तेस्रो संस्करणका लागि करिब ९५ देखि ९९ प्रतिशत तयारी पूरा भएको जानकारी दिएका हुन् ।

    Post Views: 17
    • चतुर चन्द
    प्रकाशित मिति: २०८३ कार्तिक ९, सोमबार ७:०१
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.