• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

‘भारत विरोधी उग्र राष्ट्रवादले नेपालको विकास सम्भव छैन’: अध्यक्ष धमला

  •  प्रेस बोली
  • २०८३ कार्तिक १२, बिहीबार ९:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले भारत विरोधी उग्र राष्ट्रवादले नेपालको विकास सम्भव नरहेको बताउनुभएकाे छ ।

    रिपोर्टर्स क्लब नेपालमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले छिमेकी राष्ट्र भारतसँगको सम्बन्ध र आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएकाे हाे । अर्थमन्त्री स्वर्णिम वाग्लेले केही दिनअघि भारत पुगेर ‘भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युग सकियो’ भनी दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै उहाँले उक्त भनाइ बेठिक नभएको तर्क गर्नुभएकाे छ।

    उहाँले भन्नुभयाे,-‘अर्थमन्त्रीको भनाइ बेठिक थिएन, भारतको विरोध गरेर नेपालको विकास हुँदैन । उग्र राष्ट्रवाद र भारत वा चीनविरोधी भावनाले मुलुकलाई समृद्ध बनाउन सक्दैन । आजको आवश्यकता आर्थिक कूटनीति हो ।’

    अध्यक्ष धमलाले भारतबाट ठूलो सङ्ख्यामा धार्मिक पर्यटकहरू भित्र्याएर देशले आर्थिक लाभ लिनुपर्ने धारणा व्यक्त गर्नुभयाे। आगामी भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै उहाँले भ्रमणअघि आन्तरिक गृहकार्य आवश्यक रहेको बताउनुभएकाे छ।

    उहाँले भन्नुभयाे,-‘प्रधानमन्त्री बालेन छिट्टै भारत भ्रमणमा जाँदै हुनुहुन्छ। तर भारत जानुअघि उहाँले सबै दलका प्रमुखहरूलाई बोलाएर गहन छलफल गर्नुपर्छ। विशेष गरी अर्थ र कूटनीतिका विषयमा स्पष्ट राष्ट्रिय सहमति बनाएर मात्र भ्रमणमा जानु उपयुक्त हुन्छ ।’

    २००७ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षको पूरा कार्यकाल काम गर्न नपाएको उल्लेख गर्दै अध्यक्ष धमलाले वर्तमान प्रधानमन्त्री शाहलाई भने पाँच वर्ष पूरा काम गर्न दिनुपर्नेमा जोड दिनुभयाे । छिमेकी देशहरूसँग सुमधुर सम्बन्ध कायम गर्दै अब देश विकासको दिशामा अघि बढ्नुपर्नेमा उहाँकाे जाेड छ।

    त्यसैगरी, अध्यक्ष धमलाले आगामी स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई अघि सार्नुपर्ने प्रस्ताव गर्नुभयाे । देश विकासका लागि साझा, सक्षम र गैरदलीय उम्मेदवार चयन गरी तिनलाई जिताउन आम नागरिकसमक्ष उहाँले आह्वान गर्नुभएकाे छ।

    Post Views: 15
    प्रकाशित मिति: २०८३ कार्तिक १२, बिहीबार ९:५५
    Advertisement
    संबन्धित शिर्षकहरु
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.