काठमाडाैं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी-सदस्यहरूको पद तथा गाेपनीयताकाे शपथ ग्रहण समारोह बिहीबार आयोजना हुँदैछ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक सूचना जारी गर्दै यस्ताे जानकारी गराएकाे हाे। नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएकाे जारी सूचनामा भनिएकाे छ।

समितिका सदस्यसचिव राजु कटुवालद्वारा हस्ताक्षरित सूचनामा शपथ ग्रहण समारोहमा उपस्थित हुन नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई आग्रह गरिएको हाे । केन्द्रीय निर्वाचन समितिले समारोहमा सहभागी हुन सम्बन्धित सबैलाई सूचना तथा निमन्त्रणा गरेको जनाएको हाे।







