काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पत्रकार पक्राउ परेको घटनामा कुनै पनि किसिमको संलग्नता नरहेको दावी गरेकाे छ।
प्रधानमन्त्री शाहका प्रेस विज्ञ दीपा दाहालले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत यस्ताे दावी गर्नुभएकाे हाे। पत्रकार पक्राउ गर्ने घटनामा प्रधानमन्त्री शाह र सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै पनि प्रकारको संलग्नता नरहेको प्रेस विज्ञ दाहालकाे जिकिर छ। प्रेस विज्ञ दाहालले उक्त घटनाकाे बारेमा प्रधानमन्त्री शाहलाई पूर्वजानकारी समेत नरहेको उल्लेख गर्नुभयाे ।

प्रेस विज्ञ दाहालले घटनाकाे बारेमा जानकारी पाउनासाथ प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेको समेत सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएकाे छ।







