काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपालमा आउनुभएकाे छ।
विदेश सचिव मिश्री दुई दिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आइपुग्नुभएकाे हाे। नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित उहाँ नेपालको औपचारिक भ्रमणमा आउनुभएकाे छ।

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको हाे । विदेश सचिव मिश्रीले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा साझा चासोका विषयमा नेपालसँग छलफल समेत गर्नुहुने भएकाे छ।






