काठमाडाैं । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
डडेलधुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जीप बुधबार राति पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ सौडानी खोलामा दुर्घटना भएको हो । दुर्घटनामा बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीय सुना मङ्गोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।

दुर्घटनामा परी गम्भीर घाइते मंगोलाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा जीप चालकसहित ६ जना घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–२ का सोमन मंगोला, अविनाश राम लुहार, निरज बस्केल, करन सिह मंगोला, सुनिल बस्केल र जीप चालक सन्तोष राम लुहार रहेका हुन् ।
घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जिल्ला प्रहरीले बताएकाे छ। जीप अनियन्त्रित भई सडकबाट तल खसेको र दुर्घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हाे ।






