काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
जसको प्रभावले शुक्रबार दिउँसो देशको हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने भएकाे हाे । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै, शुक्रबार राति भने कोशी, बागमती र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। साथै बाँकी पहाडी र तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेकाे हाे ।
महाशाखाले तराई भू-भाग, उपत्यका तथा खोंचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु-कुहिरो लाग्ने जनाएको छ।






