काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ ।
सहमतिसँगै शुक्रबार राति डा. केसीले आफ्नो २५औं सत्याग्रह अन्त्य गर्नुभएकाे हाे। पटक-पटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार राति नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरेपछि डा. केसीले अनशन तोड्नुभएकाे हाे ।

डा. केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनशन हुने बताउनुभयाे । डा. केसीसँग भएका सहमति अनुसार कार्यन्वयन प्रक्रिया अघि बढ्ने बताउनुभएकाे छ।
डा. केसी र सरकारबीच भएको सहमतिमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद् पुकार बम र नेपाल मेडिकल एशाेसियसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका हुन् ।
यस्तो छ सहमति ः








