काठमाडौं । माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ।
शनिबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको हाे । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ ।

त्यस्तै, शनिबार दिउँसो भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएकाे भएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मूख्यतया सफा रहने भएकाे हाे। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
त्यस्तै, शनिबार राति कोशी र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। साथै बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेकाे हाे।
साथै तराई भू-भाग, उपत्यका तथा खोंचहरूका केही स्थानमा हुस्सुरकुहिरो लाग्ने महाशाखाले जनाएकाे छ।






