काठमाडौं । ट्राफिक प्रहरीले गत २४ घण्टामा ४ सय ७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७४, सिसिटिभिमार्फत १६ र रातोबत्तीमा ४ जना चालकलाई कारबाही गरिएको हाे ।

त्यसैगरी, तीव्रगतिमा ७५, हर्न निषेधमा ३, लेन क्रसमा ३ अवस्था ठिक नभएको ५ जना र अन्यमा २ सय २८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।






