काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्कीए प्रस्थान गर्दै हुनुहुन्छ।
रराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा सहभागी हुनका लागि टर्कीए प्रस्थान गर्नुहुने भएकाे हाे। टर्कीएको आन्ताल्यामा साेमबार देखि मङ्सिर ४ गतेसम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले सोमबार सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

त्यसैगरी रराष्ट्रमन्त्री खनालले यहि कात्तिक २५ र २६ गते आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउनुहुने परराष्ट्र मन्त्रालयले जनाएको हाे । नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसहित ९ जना सहभागी हुने भएका छन् ।
नेपालले यो सम्मेलनमा जलवायु न्याय, पर्वतीय क्षेत्रको संरक्षण तथा जलवायुजन्य विपद्का विषयलाई उठाउने तयारी गरेको हाे । सम्मेलनमा नेपालले भोटेकोशीलगायत विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न बाढी, पहिरो तथा अन्य विपद्बाट नागरिकले भोग्नुपरेको पीडालाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्ने तयारी गरेको छ।
परराष्ट्रमन्त्री खनाल कात्तिक २८ गते स्वदेश फर्कने कार्यक्रम रहेकाे परराष्ट्रले जनाएकाे हाे।






