काठमाडौं । काठमाडौं गोर्खाज राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो स्थानमा प्रवेश गरेकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार राति सम्पन्न भएकाे खेलमा तेस्रो जित निकाल्ने क्रममा काठमाडौंले साबिक विजेता लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेकाे हाे। यो जितपछि काठमाडौंको चार खेलबाट ६ अंक पुगेको छ। लुम्बिनी भने हारपछि पनि ७ अंकका साथ शिर्ष स्थानमा कायमै छ। लुम्बिनीको पाँच खेलबाट पहिलो हार हो ।

काठमाडौंले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ दशमलव ३ ओभरमा १ सय २४ रनमा समेटियो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ ,अभिशेष गौतमले १६ रन जोडेका थिए। बलिङमा काठमाडौंका जहान्दाद खानले ४,करण केसीले २ विकेट लिएका छन्।
यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन बनाएकाे हाे। जसमा डेभिड वार्नर र शाहिल पटेलले उत्कृष्ट ब्याटिङ गरेका थिए। यी दुवै ब्याटरले १ सय ४ रनको सतकीय साझेदारी गरेका छन्। वार्नरले अर्धशतक प्रहार गर्दै ६६ र पटेल ३८ रनमा आउट भएका थिए।
लुम्बिनीका शेर मल्ल,अविशेष गौतम र रूवेल ट्रम्पलमेनले २/२ विकेट हात पारेका छन्।






