बाजुरा /जिल्लाको पूर्वी–उत्तरी भेगस्थित जगन्नाथ गाउँपालिका–३ मनीकाँडामा शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। पिलुचौरबाट मनीकाँडातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा ट्याक्टर चालक नवीन बोहरासहित सात जना सवार थिए।
प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता गगनसिंह भाटका अनुसार दुर्घटनामा धर्म शाही र धनरूप शाहीको मृत्यु भएको खबर प्राप्त भएको छ। घाइते हुनेमा विउरा वड, सिद्ध वड, सङ्गीता वड, रामसरा सिंह र चालक नवीन बोहरा रहेका छन्। घाइतेहरूको उद्धार तथा उपचारका लागि गाउँपालिकासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।







