• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

  •  प्रेस बोली
  • २०८३ असार २, मंगलवार ८:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जेनेभा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका लागि एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको खुलासा गरेका छन् । फ्रान्समा जारी जी–सेभेन शिखर सम्मेलनका क्रममा सोमबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटवार्तामा राष्ट्रपति ट्रम्पले उक्त सम्झौताको विवरण “निकै चाँडै” सार्वजनिक गरिने बताएका हुन् ।

    “सम्झौतामा पूर्ण रूपमा हस्ताक्षर भइसकेको कुरा सुनाउन पाउँदा मलाई निकै खुसी लागेको छ,” ट्रम्पले बैठकका क्रममा भने । अमेरिकी वरिष्ठ अधिकारीहरूका अनुसार आगामी शुक्रबार जेनेभामा यस सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर गरिनेछ र सोही दिनदेखि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ व्यापारका लागि पुनः खुला गरिनेछ ।

    यस हप्तादेखि इरानको आणविक कार्यक्रममाथि प्राविधिक छलफल सुरु हुने बताइएको छ । सम्झौता अनुसार इरानले आफ्ना प्रतिबद्धताहरू पूरा गरेपछि मात्रै उसमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गरिने र रोक्का गरिएका सम्पत्ति फुकुवा गरिने अमेरिकी अधिकारीले प्रष्ट पारेका छन् ।

    अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सीएनएनसँग कुरा गर्दै अमेरिका र इरानबीच भएको समझदारी पत्र करिब डेढ पानाको सामान्य दस्ताबेज भएको जानकारी दिए । भान्सका अनुसार सम्झौताको पहिलो बुँदामै इरानले “क्षेत्रीय शान्ति र स्थिरता” प्रति प्रतिबद्ध रहने र आतङ्कवादी संगठनलाई आर्थिक सहयोग रोक्ने उल्लेख छ । “सबैभन्दा महत्त्वपूर्ण कुरा, इरानले आणविक हतियार निर्माण नगर्ने विषय यसमा प्रमाणित हुने गरी प्रतिबद्धता जनाएको छ,” भान्सले भने । बाँकी प्राविधिक र विस्तृत विषयहरू आगामी वार्ताका चरणहरूमा टुङ्ग्याइने उनले बताए ।

    यो प्रारम्भिक सम्झौतामा अमेरिकी राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति भान्स र इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले इलेक्ट्रोनिक माध्यमबाट हस्ताक्षर गरिसकेका छन् ।

    यस सम्झौताले तत्कालका लागि युद्धविरामलाई थप ६० दिनका लागि बढाउनेछ, जस अवधिमा दुवै पक्षले अन्तिम सम्झौताको विस्तृत बुँदाहरूमाथि वार्ता गर्नेछन् । यो कूटनीतिक सफलताको घोषणा आइतबार मध्यस्थकर्ताको भूमिका निभाएको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले गरेका थिए । सरिफका अनुसार यस सम्झौतामा लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा बन्द गर्ने सहमति समावेश छ ।

    Post Views: 159
    प्रकाशित मिति: २०८३ असार २, मंगलवार ८:१९
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.