• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

सरकारी कर्मचारीको २ देखि १० दिनको तलब काट्ने निर्णय

  •  प्रेस बोली
  • २०८३ भाद्र १२, शुक्रबार ९:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं--बाढी प्रभावितको राहत र पुन:स्थापनाका लागि राष्ट्रसेवक कर्मचारीहरूको श्रेणीअनुसार २ देखि १० दिनको तलब कट्टा गरिने भएको छ । आज बसेको सचिवस्तरीय बैठकले कर्मचारीलाई बिदा तथा वैदेशिक/आन्तरिक भ्रमणमा कडाइ गर्ने निर्णय पनि गरेको छ ।

    बैठकले संघीय सरकारका कर्मचारीहरूको भदौ महिनाको सुरू तलब स्केलबाट निश्चित दिनको तलब कट्टा गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गर्ने निर्णय गरेको हो ।

    जसअन्तर्गत

    श्रेणीविहीन कर्मचारी: २ दिनको तलब

    राजपत्रांकित अनंकित (नायव सुब्बा र सो सरह): ५ दिनको तलब

    राजपत्रांकित द्वितीय र तृतीय श्रेणी (अधिकृत र उपसचिव): ७ दिनको तलब

    राजपत्रांकित प्रथम र विशिष्ट श्रेणी (सहसचिव र सचिव): १० दिनको तलब

    यस व्यवस्थाबाट संघीय सरकारका कर्मचारीहरूबाट मात्रै करिब ३६ करोड रूपैयाँ संकलन हुने अनुमान गरिएको छ । साथै, प्रदेश, स्थानीय तह र अन्य सार्वजनिक निकायका कर्मचारीहरूलाई पनि सोही बमोजिमको योगदान गर्न आह्वान गरिएको छ ।

    विपद् व्यवस्थापन र प्रतिकार्यलाई प्रभावकारी बनाउन कर्मचारी प्रशासनका लागि कडा नियम जारी गरिएको छ । कर्मचारीहरूलाई आफ्नो कार्यक्षेत्र नछोड्न र अत्यावश्यक बाहेकका काममा ‘काज’ नखटाउन निर्देशन दिएको छ ।

    प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई केन्द्रमा बोलाएर गरिने गोष्ठी, सेमिनार र तालिमहरू तत्कालका लागि बन्द गरिएको छ । सार्वजनिक बिदाका दिनमा समेत अनिवार्य उपस्थित भई कामकाज गर्न र सेवा प्रवाह सुचारू राख्न निर्देशन दिइएको छ।

    बाढीबाट क्षतिग्रस्त भएका सडक, पुल, खानेपानी, विद्युत र दूरसञ्चार जस्ता अत्यावश्यक सेवाहरू तत्काल पुनः सञ्चालन गर्न सम्बन्धित मन्त्रालयहरूलाई आदेश दिइएको छ ।

    Post Views: 51
    प्रकाशित मिति: २०८३ भाद्र १२, शुक्रबार ९:३५
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.