काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि प्रवासी नेपाली संघ, भारतले रु. ३ लाख सहयोग गर्ने घोषणा गरेको छ।
संघले रसुवामा आएको बाढीले धेरै जनधनको क्षति पुर्याएको भन्दै दुःखद् घडीमा पीडित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गर्ने जनाएको हो।

संघका अनुसार प्रधानमन्त्री राहत कोषमा रु. ३ लाख सहयोग गर्ने निर्णय गरिएको छ। बाढीपीडितलाई राहत, आधार र हौसला प्रदान गर्ने उद्देश्यले सहयोग रकम उपलब्ध गराउन लागिएको संघले जनाएको छ।
संघले विपद्को समयमा सबैले एकजुट भएर पीडितको साथमा उभिनुपर्नेमा जोड दिएको छ। साथै, मानवीय सेवाका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै ‘हाम्रो एकता, हाम्रो शक्ति–नेपालीको सेवा, हाम्रो भक्ति’ भन्ने भावनासहित पीडितको साथमा रहने प्रतिबद्धता जनाएको छ।
Post Views: 125






