कञ्चनपुरः महाकाली नदीमा पानीको बहाव बढेर १ लाख ८ हजार ९ सय ९२ क्यूसेक पुगेपछि नेपाल–भारत सीमा जोड्ने बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावत बन्द गरिएको छ।पानीको बहाव बढेपछि सुरक्षाको दृष्टिले मंगलबार बिहान ६ बजेदेखि बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावत रोकिएको जनाइएको छ।
सम्बन्धित सबैलाई पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावत बन्द गरिएको जानकारी गराउँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।






