धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको अवलोकन गरेका छन्। मङ्गलवार अस्पतालको निरीक्षण गर्दै उनले सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र चुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।
मुख्यमन्त्री भट्टले अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिए। सेवा लिन आउने नागरिकले अनावश्यक ढिलासुस्ती र झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए।

अस्पतालको सेवा प्रवाहसँगै भौतिक तथा संरचनागत सुधारमा समेत प्रदेश सरकारले ध्यान दिने मुख्यमन्त्री भट्टले बताए। उनले अस्पतालको समग्र व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिए।







