ढीपहिरोका क्रममा बेपत्ता भएका पोखरिया नगरपालिका–७, रानिगन्जका सोनालाल पण्डितको लामो समयसम्म अवस्था पत्ता नलागेपछि परिवारजनले धार्मिक परम्पराअनुसार प्रतीकात्मक दाहसंस्कार गरेका छन्।

बेपत्ता भएको लामो समय बितिसक्दा पनि सोनालालको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेपछि परिवारले उनको प्रतीकात्मक मूर्ति बनाएर अन्तिम संस्कारको प्रक्रिया पूरा गरेका हुन्।

परिवारजनले धार्मिक तथा सामाजिक परम्पराअनुसार प्रतीकात्मक मूर्तिको दाहसंस्कार गरेका बताइएको छ। सोनालाल बाढीपहिरोका क्रममा बेपत्ता भएका थिए।
लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता नलागेपछि परिवारले भारी मनका साथ अन्तिम संस्कार गर्नुपरेको हो।






