बाजुरा । बुढीनन्दा नगरपालिका–६, दैयाँ लाटुवस्तीस्थित श्री पशुपति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालयका लागि खेलकुद सामग्री सहयोग गरिएको छ।
श्याम फूलमाया हस्तकला उद्योगद्वारा सञ्चालित श्याम फूलमाया फाउण्डेसनका संस्थापक श्याम सार्की मगरातीको आर्थिक सहयोग तथा बावु लवासुर टिभीको समन्वयमा विद्यालयका विद्यार्थीलाई झोला र स्टेशनरी सामग्री वितरण गरिएको हो। विद्यालयका लागि खेलकुद सामग्रीसमेत हस्तान्तरण गरिएको जनाइएको छ।

बावु लवासुर टिभीका सञ्चालक नाराण पाध्याका अनुसार विद्यार्थीको शैक्षिक आवश्यकतालाई सहयोग पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको हो। उनका अनुसार फाउण्डेसनले यसअघि पनि बाजुरा जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री सहयोग गर्दै आएको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदा पठनपाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सहयोग प्राप्त गरेपछि विद्यालय परिवारले सहयोगदाता तथा समन्वयकर्ताप्रति आभार व्यक्त गरेको जनाएको छ।






