• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा

  •  प्रेस बोली
  • २०८३ भाद्र २२, सोमबार १०:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कञ्चनपुरः शनिवारदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरको बेदकोट नगरपालिका–३ र ४ घटानथान जोड्ने चौधर नदीको झोलुङ्गे पुल खसेको छ।नदीको कटानले पुल आसपासका संरचनामा क्षति पुर्याएपछि चौधर नदीमा रहेको झोलुङ्गे पुल खसेको बेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दले जानकारी दिए। उनका अनुसार नदी कटानका कारण उक्त पुल नजिकैको पक्की पुलसमेत जोखिममा परेको छ। “नदीमा आएको बाढीले कटान गरेपछि झोलुङ्गे पुल खसेको हो”, उनले भने, “नदीको कटानका कारण नजिकै रहेको पक्की पुल पनि जोखिममा परेको छ।” 

    उनका अनुसार निरन्तरको वर्षाका कारण पालिकाभित्रका खेतबारी पनि डुबानमा परेका छन्। लगातार वर्षाले नदी तथा खोलानालामा पानीको सतह बढ्न थालेपछिले पालिकाले नगर प्रहरी र वडाध्यक्षहरूमार्फत नागरिकलाई सतर्क रहन सूचनामार्फत आग्रह गरेको चन्दले बताए। बेदकोट–४ का वडाध्यक्ष नरेन्द्रबहादुर बोहराले बगाएको झोलुङ्गे पुल पहिलादेखि जोखिममा रहेको बताए। “गत वैशाखमा बसेको नगर कार्यपालिका बैठकमा पुल जोखिममा रहेकाले मर्मत गर्नुपर्ने भनेका थियौँ”, उनले भने,“वडाको बजेटबाट सम्भव हुँदैन नभएकाले नगरपालिकासँग समन्वय गरिरहेका थियौँ।” 

    यसैबीच, कञ्चनपुरमा निरन्तर वर्षाका भइरहेकाले नदी तथा खोलानालामा पानीको सतह बढेको छ। मौसम पूर्वानुमान महाशाखाले जिल्लाको बेदकोट, भीमदत्त र दोधारा चाँदनी नगरपालिकामा भारी वर्षाको सम्भावना रहेकाले सरोकार भएका निकायलाई नदी आसपासको क्षेत्रमा निगरानी बढाउन, समुदायलाई सूसुचित गराउन र आवश्यक तयारी सुरु गर्न सूचना जारी गरेको छ। 

    त्यसैगरी महाकाली नदीको जल सतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले नेपाल–भारत जोड्ने वनवासास्थित शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको छ। इलाका प्रहरी कार्यालय ड्डाचौकीका प्रमख जीवन गुरुङका अनुसार आइतवार साँझ ५ः०० बजेको जलमापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ३३ हजार ८८८ क्युसेक पुगेको छ। महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा सुरक्षाको कारण देखाउँदै चारपाङ्गे्रे सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आइएको छ।

    Post Views: 61
    प्रकाशित मिति: २०८३ भाद्र २२, सोमबार १०:३६
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.