कञ्चनपुर/डोटी घर भई सल्यानमा कार्यरत प्रहरी सहायक हवलदार डिलबहादुर बोगटीको उपचारका क्रममा दुःखद निधन भएको छ।
सल्यानमा कार्यरत प्रहरी सहायक हवलदार डिलबहादुर बोगटी ड्युटी सकेर कार्यालय फर्किने क्रममा अचानक बेहोस भएका थिए। बेहोस भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको निधन भएको हो।

बोगटीको सोमबार कैलालीको गोदावरीमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ।
डोटी घर भएका बोगटी पछिल्लो समय कञ्चनपुरको अमरबस्तीमा बसाइँ सरेर परिवारसहित बस्दै आएका थिए। कर्तव्यमा खटिएका अवस्थामा अचानक स्वास्थ्यमा समस्या आएपछि उपचारकै क्रममा उनको निधन भएपछि परिवार, आफन्त तथा सहकर्मीहरू शोकमा डुबेका छन्।






