काठमाडाैं। काठमाडाैं महानगरपालिकाले गोङ्गबुमा रहेको नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ ।
महानगर प्रहरी बल नयाँ बसपार्कका प्रमुख महानगर प्रहरी नायब उपरीक्षक प्रकाश पण्डितले काठमा महानगरपालिका स्वास्थ्य सेवा विभागमार्फत चाडपर्वमा घर जाने यात्रुलक्षित गरी निःशुल्क स्वास्थ्य जाँच शुरू गरिएको जानकारी दिनुभयो । महानगरले कक्षबाट रक्तचाप र मधुमेह परीक्षण र झाडापखालाको औषधि वितरण गरिरहेको उहाँको भनाइ छ।

यो सेवा दशैंभरि सञ्चालन हुने महानगर कार्यालयले जनाएको हाे। नयाँ बसपार्कमा हुने भीड-भाड नियन्त्रणका लागि महानगर प्रहरी समेत परिचालन गरिएको छ। नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार अरू समयमा हरेक दिन दिन ५ देखि ६ हजार यात्रु नयाँ बसपार्क हुँदै काठमाडाैंबाट बाहिर जाने गरेकामा अहिले त्यो सङ्ख्या तेब्बरसम्म पुगेको छ।






