काठमाडाैं । यातायात व्यवस्था विभागले आइतबारदेखि लामो तथा मध्यम दूरीका गाडीलाई देशैभर यात्रु लिएर जान मिल्ने गरीरुट परमिट खुला गरेको छ।
आइतबार घटस्थापनादेखि आगामी कात्तिक १० गतेसम्म रुट परमिट खुला गर्ने निर्णय गरेकाे हो । जसअनुसार लामो तथा मध्यम दूरीका गाडीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्ने भएका छन् । दशैंका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ ।

त्यस्तै, काठमाडाैं उपत्यकाका विभिन्न १५ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन भएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हाे । नयाँ बसपार्क, बल्खु चोक, फर्पिङ, कलंकी, नागढुंगा, हलचोक, चाबहिल, कोटेश्वर, भीमढुंगा चेकपोस्ट, तीनपिप्ले, टोखा, साँखु बसपार्क, नाङ्लेभारे चेकपोस्ट, जगाती चोक र चापागाउँ चेकपोस्टमा यात्रु सहायता कक्ष खोलिएका छन् ।






