काठमाडौं । गाेरखाकाे बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीको कारण पत्ता लगाउन ३ जनाको टोली परिचालन गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूगर्वविद्सहितको टोली परिचालन गरिएको जनाएकाे हो । घटनाको कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद्सहितको तीन जनाको टोली परिचालन भएको प्राधिकरणले आइतबार दिउँसो जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

प्राधिकरणले बूढीगण्डकी नदीमा आएको बाढीले ठूलो क्षति गरेको जनाएको हाे। बाढी प्रभावित क्षेत्रबाट ४९ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।






