काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई बाढीबाट प्रभावितहरूको उद्धारमा जुट्न निर्देशन दिनुभएकाे छ।
सभापति लामिछानेले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत बूढीगण्डकीमा आएको बाढीबाट प्रभावित भएकाहरूको उद्धारमा जुट्न पार्टी सदस्यहरूलाई निर्देशन दिनुभएकाे हाे। प्रभावित नागिरकहरुको तत्काल उद्धारमा सरकार सक्रिय रूपमा लागेको बताउँदै पार्टीका सदस्यहरूलाई समेत राहत तथा आवश्यक सहयोग गर्न समेत आग्रह गर्नुभएकाे छ।

सभापति लामिछानेले स्थानीय निकायसँगको समन्वयमा प्रभावित क्षेत्रमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयाे।







