काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्।
खुलातर्फको मतगणनामा पौडेलले ४ हजार १ सय ९४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएकाे हाे। साथै उदयशमशेर राणाले २ हजार ३ सय ३० मत प्राप्त गर्दै महामन्त्री पदमा विजय हासिल गर्नुभएकाे छ ।

त्यस्तै, अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २ सय ५७, गुरुराज घिमिरेले १ हजार ५ सय १३, नैनसिंह महरले एक हजार १ सय ३४, अमरसिंह पुन मगरले १ हजार १ सय २५, शंकर तिवारीले १ सय २३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् ।
कांग्रेसको महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) विजयी हुनुभएकाे हाे। कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको आइतबार राति भएको अन्तिम मतपरिणाम अनुसार संगौलाले ३ हजार १ सय १८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएकाे छ।
संगौलाकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८ सय ६४ मत प्राप्त गर्नुभयाे । त्यस्तै, रीता खनालले ८ सय ४ मत प्राप्त गर्नुभएकाे छ ।






