• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित ७ जना घाइते

  •  प्रेस बोली
  • २०८३ आश्विन २६, सोमबार १६:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४, ‘यस मोड’ नजिक सोमबार बस अनियन्त्रित भएर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

    काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस साेमबार बिहान करिब साढे ७ बजे दुर्घटनामा परेको हो ।  करिब ४० देखि ४५ जना यात्रु सवार रहेको उक्त बस सडकमा पल्टिँदा सोही दिशाबाट आउँदै गरेको एचआर ३९ जी २८७६ नम्बरको भारतीय ट्रकसँग समेत सामान्य ठोक्किन पुगेको थियो । दुर्घटनाबाट ट्रकको पछाडिको भागमा क्षति पुगेको छ।

    दुर्घटनामा घाइते हुनेहरूमा दार्चुला मालिकार्जुन–२ का ५२ वर्षीय पुष्कर सिंह धामी, अछाम साँफेबगर–५ की २६ वर्षीया मौसमी ओढ, दार्चुला मार्मा–३ का ३० वर्षीय भगवती अवस्थी तथा सोही ठाउँका ४८ वर्षीय धनञ्जय जोशी, कैलाली लम्कीचुहा–८ की २९ वर्षीया निर्मला खड्का, बस चालक कैलाली गौरीगंगा–१० का ३९ वर्षीय इन्द्र वि.क. र सहचालक कैलाली गोदावरी–१ का ४६ वर्षीय मोहन जोशी रहेका हुन् । घाइतेमध्ये मौसमी ओढको अवस्था मध्यम र अन्य ६ जनाको अवस्था सामान्य रहेको छ।

    घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको हाे । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमाण्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

    साेही दुर्घटनापछि पनि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

    Post Views: 16
    • बस दुर्घटना
    प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार १६:५९
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.