काठमाडाैं । ओमानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ शृङ्खला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले मंगलबार घरेलु टोली ओमानकाे सामना गर्दैछ।
साेही खेल अलअमिरातमा नेपाली समय अनुसार मंगलबार बिहान सवाँ ११ बजेदेखि शुरु हुने भएकाे हाे । ओमानमा आइतबार भएको खेलमा नेपालले क्यानाडालाई २४ रनले पराजित गर्दै सुखद शुरुवात गरेको थियो । क्यानाडासँगको खेलमा रोहित पौडेलले १ सय १ रनको शतकीय पारी खेलेका थिए।

शीर्ष–४ बाट बाहिरिइसकेको नेपालका लागि एकदिवसीय मान्यता जोगाउन शीर्ष–६ भित्र पर्नुपर्नेछ। अहिले अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैठाैं स्थानमा छ। ओमान २९ खेलबाट ३३ अंकसहित चौथो स्थानमा रहेकाे हाे ।
त्यस्तै क्यानाडा ३४ खेलबाट २५ अंकसहित सातौं र यूएई ३२ खेलमा १९ अंकसहित पुछारमा रहेकाे छ।






