काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा छिटपुट बाहेक पानी नपरेको जनाएकाे छ।
महाशाखाले मंगलबार तराईमा मौसम मुख्यतया सफा रहने जानकारी गराएकाे हाे। कर्णाली-सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्र र बाँकी हिमाली तथा पहाडी भागका केही ठाउँमा हल्का वर्षा-हिमपातको सम्भावना रहेकाे छ ।

महाशाखाले हाल पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएकाे हाे । बुधबार प्रायः सबै जसो भू-भागमा मौसम सफा रहने भएकाे छ।
बागमती, गण्डकी, लुम्बिनी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भागका केही ठाउँमा हल्का वर्षा-हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएकाे हाे।






