• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

रास्वपाले सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन थाल्यो (विज्ञप्तिसहित)

" औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाकाे निर्देशन "
  •  प्रेस बोली
  • २०८३ आश्विन २७, मंगलवार १०:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन शुरु गरेको छ ।

    सञ्चारमाध्यममा सुनारसँग सम्बन्धित श्रव्य सामग्री (अडियो) र विभिन्न गम्भीर आरोपहरू सार्वजनिक भएपछि पार्टीले छानबिन प्रक्रिया अघि बढाएको हो । छानबिन नसकिँदासम्मका लागि सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ।

    मंगलबार पार्टीका महामन्त्री विपिनकुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै सांसद सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक अडियो सामग्री र उनीमाथि उठाइएका प्रश्नहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएकाे हाे ।

    सञ्चारमाध्यममार्फत महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता गम्भीर र संवेदनशील विषयहरू बाहिर आएको भन्दै पार्टीले यस विषयलाई सामान्य रूपमा लिन नसक्ने स्पष्ट पारेको छ । विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादा उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको ‘शून्य सहनशीलता’को नीति रहेको जनाएको हाे।

    ‘यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ जारी विज्ञप्तिमा भनिएकाे छ।’

    यसका साथै रास्वपाले सार्वजनिक भएका यी विषयहरूको गाम्भीर्यतालाई मनन गर्दै राज्यका सम्बन्धित निकायहरूबाट अविलम्ब निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको हाे । सरकारी अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाइएको छ ।

    महामन्त्री आचार्यले ‘कानून भन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको स्मरण गराउनुभयाे।  राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानून र विधान बमोजिम थप कदम चालिने उहाँकाे भनाइ छ।

    रास्वपाले कानूनको उल्लङ्घन वा पदीय आचरणविपरीत काम गर्ने जो-कोहीलाई राजनीतिक संरक्षण दिने कार्य रास्वपाबाट कहिल्यै नहुने जारी विज्ञप्तिमार्फत स्पष्ट पारिएको जनाएकाे हाे।

    Post Views: 74
    • सांसद सुनारमाथि छानबिन
    प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलवार १०:१८
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.