काठमाडाैं । काठमाडाैं उपत्यकामा बडादशैंलाई लक्षित गर्दै शुरू भएको सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्रीरवितरण बिहीबारदेखि बन्द हुने भएको छ।
नेपाल एलपी ग्यास उद्योग संघले बुधबारसम्म मात्रै संयुक्त रूपमा ग्यास बिक्री तथा सिलिन्डर साटफेर गर्ने जनाएको हो । संघले बिहीबारदेखि पुरानै व्यवस्था अनुसार नजिकका डिलरमार्फत ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ। दैशैंकाे समयमा ग्यास खरिदमा सहजता ल्याउने भन्दै उद्योगीहरूले अस्तिदेखि उपत्यकामा जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर पायक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने व्यवस्था गरेका थिए ।

शुरूमा असोज ३१ गतेसम्म संयुक्त रूपमा ग्यास बिक्रीरवितरण गर्ने भनिए पनि उद्योगीहरूले त्यसपछि एक दिन घटाएर असोज ३० गतेसम्म कायम गरेका थिए । अब उपभोक्ताले बिहीबादेखि पुरानै व्यवस्था अनुसार डिलरबाटै ग्यास खरिद गर्नुपर्ने भएकाे छ। चाडपर्वको समयमा खाना पकाउने ग्यास जस्तो अत्यावश्यक वस्तु खरिद गर्न उपभोक्ताले सास्ती खेप्नुपरेको हाे।







