काठमाडौं । सुदूरपश्चिम प्रदेशका नेकपा एमालेका सांसद वीर बहादुर थापाले पदबाट राजीनामा दिनुभएकाे छ।
प्रदेशसभाका सांसद थापाले मंगलबार पदबाट राजीनामा दिनुभएकाे हाे। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै उहाँले प्रदेशसभाकाे सांसद पदबाट राजीनामा दिनुभएकाे छ । सभामुख भीमबहादुर भण्डारीसमक्ष उहाँले राजीनामा बुझाएकाे प्रदेशसभा सचिवालयले जनाएको हाे ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले मंगलबार सांसद थापाकाे राजीनामा आएको बताउनुभयाे। तर, सभामुख भण्डारीले भने स्वीकृत गर्नुभएकाे छैन। सांसद थापाले केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आउनुभएकाे थियाे।
मंगलबार बजेट पारित भएपछि उहाँले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएकाे हाे । सांसद थापा लामो समय सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत हुनुभएकाे थियाे। सुदूरपश्चिममा हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र एमालेको संयुक्त सरकार छ ।






